ईन्डो नेपाल टि-२० क्रिकेट: अन्तिम खेलमा पनि नेपालद्वारा भारत पराजित

काठमान्डौ स्थित मुलपानि अन्तर्राष्ट्रिय स्टेडियममा जारी ईन्डो नेपाल मैत्रीपूर्ण टि-२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पनि नेपालले भारतलाई पराजित गरेको छ । हिजो सम्पन्न अन्तिम खेलमा नेपालले भारतलाई ४ विकेटले पराजीत गरेको हो । अन्तिम खेलमा पनि विजय प्राप्त गरेसङ्गै ५ खेलको मैत्रीपुर्ण सिरिज नेपालले ४-१ ले जितेको छ ।

हिजो सम्पन्न खेलमा भारतले दिएको १६३ रनको लक्ष्य नेपालले १ बल अगाबै ६ विकेट गुमाएर १६६ रन बनाएर जितेको हो । यसअघि पहिला ब्याटिङ गरेको भारतले आयुस राईको १०४ रनको मद्दतले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनको विशाल योगफल तयार पारेको थियो ।नेपालको लागि बलिङतर्फ सुनिल साही र नवीन सिहले समान २-२ विकेट लिएका थिए ।

प्रतियोगितामा यसअघि नेपालले पहिलो , तेस्रो र चौथो खेलमा समेत विजय प्राप्त गरेको थियो । नेपाली क्रिकेट विकासको लागि भन्दै प्रतियोगिता नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालि र महाकाली स्पोर्ट्स सोसाईटी कंचनपुरको प्राबिधिक सहयोगमा संचालन भएको हो ।