ईन्डियाको इंग्ल्यान्डसँग लज्जास्पद हार

इंग्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिमले दोस्रो टेस्टमा लज्जास्पद हार बेहोरेको छ । भारतले इंग्ल्यान्डसँग दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ५९ रनको भारी अन्तरले पराजित भएको हो ।

यससँगै भारत पाँच खेलको सिरिजमा २–० ले पछि परेको छ । लर्डस्मा इंग्ल्यान्डले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले दास्रो इनिङ्समा सबै विकेट गुमाए र १ सय ३० रनमात्र बनाउन सक्यो । भारत पहिलो इनिङ्समा १ सय ७ रनमा समेटिएको थियो ।

दोस्रो इनिङ्समा भारतका कुनै पनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । रविचन्द्रन आश्विनले नटआउट ३३ रन जोडे । हार्दिक पाण्डेयले २६ रन बनाए । चेतेश्वर पुजारा र कप्तान विराट कोहलीले समान १७ रन बनाए । अजिन्क्या रहानेले १३ तथा क्रुनल राहुलले १० रनमात्र बनाउन सके । इंग्ल्यान्डका जेम्स एन्डससन र स्टुआर्ट ब्राडले समान ४ तथा क्रिस भोक्सले २ विकेट लिए ।

त्यसअघि इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा ३ सय ९६ रन जोड्दै ७ विकेट गुमाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका लागि क्रिस भोक्सको नटआउट १ सय ३७ रनको शतकीय इनिङ्स खेलेका थिए । बैरस्टोले ९३ रन जोडेका थिए । साम कुरामले ४० रन जोडे । भारतका मोहम्मद सामी र हार्दिक पाण्डेयले समान ३ विकेट लिन सफल भएका थिए ।

तेस्रो टेस्ट १८ अगस्टमा नटिङघममा हुनेछ ।