ईन्टरसंग बराबरीका साथ बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ । मंगलबार राति भएको खेलमा ईटालियन क्लब ईन्टर मिलानसंग बराबरी खेल्दै स्पेनिस क्लब अर्को चरण पुगेको हो ।

चोटका कारण मैदान बाहिर रहेका लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्साले ईन्टरसंग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । सिल्भा डी ओलिविराले ८३ औ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएपनि खेल सकिन ३ मिनेट बाँकी छदाँ ईन्टरका माउरो इकार्डीले बराबरी गोल फर्काएका थिए ।

समुह बीमा बार्साले ४ खेलबाट १० अंक जोडेर नकआउट चरणमा स्थान बनायो । ईन्टर मिलान ७ अंक सहित प्रि क्वार्टरफाईनलको नजिक रह्यो ।