ईडन हजर्ड रियल म्याड्रिडको सबैभन्दा बढी कमाउने खेलाडी बन्न सफल।

ईडन हजर्ड रियल म्याड्रिडमा गए पछि उनि विश्वको सबै भन्दा महँगो खेलाडी मध्ये एक बनेका छन् तर यति मात्र होइन हुने रियलकै सबै भन्दा धेरै कमाउने खेलाडी बनेको छन्। रियलको चेल्सी संगको सम्झौता सफल भए पछि, हजर्ड £८८ मिलियनको प्रारम्भिक रकममा रियल गए र उक्त रकम पछि £१३० मिलियन सम्म पुग्ने छ। रियलमा उनको साप्ताहिक तलब £४,००,००० हुने छ। यो हिसाबमा उनले वार्षिक £२० मिलियन कमाउने छन् भने, मासिक £१ मिलियन, दैनिक £५७,१४३, प्रति घण्टा £२,३८०

ईडन हजर्ड चेल्सी संग युरोपा लिग जिते पछि क्लब छोडेर रियल एक हुन्। रियल उनको सानो देखि सपना रहेको उनले बतएक थिए र उनि रियलको लागि खेल्न पाउँदा निकै खुसि भएको बताएका छन्।