इस्टान्बुलले २०२३ च्याम्पियन्स लिग आयोजना गर्ने

एजेन्सी, युइएफए कार्यकारी समिती शुक्रबार बसेको बैठकले इस्टान्बुललाई २०२३ च्याम्पियन्स लिग फाइनल आयोजना गर्ने जिम्मेवारी दिएको छ ।

२०२१ च्याम्पियन्स लिग फाइनल इस्टान्बुलमा आयोजना गर्ने भनिए पनि अन्तिम समयमा पोर्टो सरेको थियो ।

त्येस्तै, २०२३ च्याम्पियन्स लिग फाइनल इस्टान्बुल स्थित एटाटुर्क ओलम्पिक पार्कमा आयोजना गर्ने भएको हो ।

च्याम्पियन्स लिग, युरोपा लिग र कन्फेरेन्स लिगको समुह चरणको ड्र अगस्ट अन्तिममा इस्टान्बुलमा हुनेछ ।

२०२३ च्याम्पियन्स लिग फाइनल म्युनिखमा खेल्ने भने पनि २०२५ मा आयोजना गर्नेछ । वेम्ब्लेले २०२४ मा आयोजना गर्नेछ ।

डब्लिनले २०२४ युरोपा लिग फाइनल खेल खेलाउने भएको छ ।