एजेन्सी । स्पेनिस क्लब सेभियाले रियल म्याड्रिडका मिडफिल्डर इस्कोलाई अनुबन्धन गरेको छ । क्लबले इस्कोलाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।
सिजनको अन्त्यसंगै इस्कोले रियल म्याड्रिड छाडेका थिए । रियलसंगको सम्झौता जुन ३० मा सकिए पछि सेभिया लागेका हुन ।
सेभियाका प्रशिक्षक जुलियन लोपेटेगयुसंग रियल र स्पेनबाट सहकार्य गर्दा इस्कोले आफ्नो करिअरको उत्कृष्ट प्रदशन देखाएका थिए ।
इस्कोले युरोप लगायत अन्य विभिन्न देशबाट आएको प्रस्तावलाई टुक्राउदै सेभिया जान सहमत भएको हो । तर, सेभियामा उनले पहिलो रोजाईमा स्थान बनाउन सहज भने हुने छैन । क्लबमा इभान राकिटिच, सुसो, पापु गोमेज र ओलिभर टिरेससंग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।
निर्देशक मोन्चीले समेत इस्को सेभियामा सफल हुने विश्वास लिएका छन् । उनले इस्कोको आगमनले क्लबमा प्रतिसर्धात्मक वातावरण बनाउने दाबी गरेका छन् ।