‘इस्को रियलमा अपमानित महसुस गर्दै छन्’

रियल म्याड्रिडका मिडफिल्डर इस्को क्लबमा आफू अपमानित भएको महसुस गर्दै गरेको खबर छ।  रियल म्याड्रिडले आउँदो गर्मीमा आफ्नो मिडफिल्डर इस्कोलाई बेच्न तयार हुने खबर छ र हाल खबर अनुसार उनी पनि क्लब छोड्न तयार रहेका छन्।

खबर अनुसार लेभान्ते विरुद्धको खेलमा जिदानले उनलाई भन्दा सर्जियो अरिबासलाई मौका दिएको कुरामा उनी आफु अपमानित भएको महसुस गर्दै छन्।  उनी हाल क्लब छोड्न तयार छन् र रियल पनि उनको खरिददारको खोजीमा रहेको खुलेको छ।

एस्टोडियो डिपोर्टिभोका अनुसार रियल म्याड्रिड इस्कोलाई आउँदो गर्मीको विन्डोमा €२० मिलियन मै बेच्न तयार हुने छन्।

रियल उनलाई जनवरीमा बेच्न इच्छुक थिए तर उनको लागि प्रस्ताव नआएको खबर छ।

डिपोर्टिभोले यो पनि दाबी गरेको छ कि इस्को गर्मीमा रियल छोड्न तलब कटौती लिन तयार हुने छन्।

एभर्टन धेरै समय देखि उनलाई साइन गर्न इच्छुक रहेको कुरा छ, इस्को, जसले यस सिजन च्याम्पियन्स लीगमा मात्र १३ मिनेट खेलेका छन्, क्लब छोड्न इच्छुक छन्।