इस्को दिएर चेल्सीको स्टार साइन गर्ने रियल म्याड्रिडको योजना

रियल म्याड्रिड चेल्सी मिडफील्डर एनगोलो कान्टेको लागि ‘स्वैप’ अफरको योजना गर्दै गरेको खबर छ।

एल डेसमार्को अनुसार रियल म्याड्रिडले एनगोलो कान्टेको हस्ताक्षरको लागि इस्को चेल्सीलाई प्रस्ताव गर्ने छ। क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेज विश्व कप विजेता प्लेमेकर साइन गर्न उत्सुक रहेको खबर छ ।

इस्को रियलमा गाह्रो सिजनको बीचमा स्ट्यामफोर्ड ब्रिजमा सर्नको चर्चा हुँदै गरेको छ।

२७ बर्षेका मिडफिल्डर जिदानको पहिलो टीमको योजनामा सिजन शुरू गर्न असफल रहे तर विगतका दुई महिनामा उनि टिममा पर्न सफल भएका छन्।

स्पेनका रिपोर्टहरू अनुसार लाम्पार्ड इसकोलाई चेल्सीमा ल्याउन उत्सुक छन्।