इस्कोलाई म्याड्रिडमा अन्तिम मौका

एजेन्सी, मार्टिन ओदेगार्ड आर्सेनल प्रबेश गरे। त्येस्तै फेदे भल्भर्दे चोट बोके पछि इस्कोलाई रियल म्याड्रिड टिममा पर्ने सम्भावना बदेको छ।

म्याड्रिडको मिडफिल्डर क्रुस, मोड्रिच, कसेमिएरोको लागि इस्को मात्र एउता बिकल्प रहेको छ। यदि, जिदानले यी मध्ये कुनै मिडफिल्डरलाई आरम दिने सोचमा भए इस्कोलाई बिना कुनै प्रतिस्पर्धा सुरुवाती ११ मा खेलाउन सक्नेछ।

इस्कोको म्याड्रिड बसाइ केही उतारचढाव रहेको छ। जिदानले एउतै मिडफिल्ड खेलाउने गरे पछि अरु खेलाडिको खेल समय सिमित भएको हो।

यधपी, इस्कोले म्याड्रिड छोड्न चाहे पनि सिजनको अन्तिमसम्म बस्ने देखिन्छ। म्याड्रिडले ओदेगार्ड आर्सनल गए पछि मिडफिल्डमा बिकल्प नभएको अवस्थामा जिदान इस्कोलाइ गुमाउन चाहन्न।