इवान राकिटिक दिएर बार्साले दुई खेलाडी साइन गर्न सक्ने

बार्सिलोना इभान राकिटिक दिएर सेभिलाका दुई खेलाडी साइन गर्ने विचार गर्दै गरेको खबर छ।

बार्सा आफ्नो अनुभवी मिडफिल्डरलाई यो गर्मीमा क्लब छोड्न अनुमति दिन तयार छन् र रकिटिक सेभिलामा जान इच्छुक रहेको खबर आउँदा बार्साले उनलाई सेभिला पठाएर दुई खेलाडी साइन गर्न सक्ने छ।

राकिटिकको मूल्य €२० मिलियन रहेको बार्साको दाबी दावी हुँदा सेभिलाले रकमको सट्टा आफ्नो खेलाडी दिने खबर छ।

रकमको सट्टा, एक स्व्याप सम्झौतामा, सेभिलाले आफ्नो रक्षात्मक जोडी जुल्स कौंडे र डिएगो कार्लोस दिने कुरा छ।

डिएगो कार्लोस पहिले पनि बार्सा आउने खबर थियो तर सफल भएको थिएन।