इङलिस प्रेमिएर लिग क्लब म्यान्चेस्टर युनाइटेडका युवा फर्वार्ड एन्टोनी इलाङ्गाले क्लब छाडेका छन् ।
स्विडेनका राष्ट्रिय खेलाडी इलाङ्गाले युनाइटेड छाड्दै अर्को इङलिस प्रेमिएर लिग क्लब नटिङ्ह्याम फरेस्टमा अनुबन्धित भएको छ ।
उनले फरेस्टसंग ५ वर्षको सम्झौता गरेका छन् ।
२०१४ मा म्यान्चेस्टर युनाइटेडको एकेडेमी आएका इलाङ्गाले २०२० मा युवा वर्ष खेलाडीको अवार्ड समेत जितेका थिए ।
Thank you @ManUtd ❤️ pic.twitter.com/8xK4zgzmzs
— Anthony Elanga (@AnthonyElanga) July 25, 2023
स्विडेन राष्ट्रिय टोलिबाट उनले १२ खेल खेल्दा ३ गोल गरिसकेका छन् ।