इर्लिङ हाल्याण्ड र उनका एजेन्ट यूरोपीयन क्लबसँग वार्तामा

यो पूर्ण रूपमा आशा गरिएको छ कि इर्लिङ हाल्याण्डले आफ्नो क्यारियरको अर्को चरणमा नयाँ दिशा लिने छन्, यो हेर्ने बाकी रहेको छ उनले यो कसरी निर्णय गर्ने छ।

त्यहाँ कुनै शंका छैन कि उनि एकदम माथिल्लो स्तरमा खेल्नको निम्ति तयार छन् , तर उनि १९ वर्षको मात्र हुन् र आफ्नो अर्को क्लबको निर्णय लिँदा सावधान हुनुपर्दछ।

उनि अहिले बुंदेसलिगा मै खेल्न चाहेको कुरा आएको छ र च्याम्पियन्स लिग उनको लागि महत्त्वपूर्ण रहेको छ, सो कारण उनि बोरूसिया डर्टमन्ड जाने सम्भावना धेरै रहेको थियो र उनि र उनका एजेन्ट डर्टमन्ड संग कुरा गर्दै गरेको अगाडी आए पछि उनि डर्टमन्डमा जाने चर्चा बढेको छ।

जर्मनीबाट आएका रिपोर्टहरूको अनुसार उनी आफ्नो एजेन्टसँग वार्ताका लागि डार्टमन्ड आइपुगेका थिए र दुई बीच केहि कुरा पनि भएको थियो।

अन्य शीर्ष टोलीहरूको धेरै पनि उनलाई साइन गर्ने चासो देखाउंदै छन् र म्यान्चेस्टर युनाइटेडले उनलाई आफ्नो मुख्य लक्ष्य मान्दै आएका छन्।