वर्तमान सरकारका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी ड्रोन माथि हमाला गरेको आरोप लगाएको छ। उनले इरानले
भयङ्कर ठूलो गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन्।
ट्रम्पले ड्रोन खसाल्ने काम शायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने सङ्केत गरे। उनले त्यो काम ठूलो गल्ती भएको दोहोर्याएका छन्।
इरानले अमेरिकी ड्रोन खसालेको वासिइङ्टनले पुष्ठी गरेका छन्। ट्रम्पले यसको बदला लिने चेतावनी दिएका छन् र इरान सँग नडराउँने भनेका छन्।
मानवरहित उक्त ड्रोन विमान आफ्नो हवाई क्षेत्रमा आएकाले खसालिएको इरानको भनाइ छ। उसले सो ड्रोनका टुक्रा आफ्नो समुद्री क्षेत्रबाट बटुलेको पनि बताएको छ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत माजिद तख्त राभान्चीले उक्त ड्रोन विमान स्पष्ट रूपमा जासुसी कारबाहीमा संलग्न रहेको र त्यसले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन गरेको बताए।
संयुक्त राष्ट्रसंघका महासचिव एवं सुरक्षा परिषदलाई एक पत्र लेख्दै राभान्चीले इरानले युद्ध नखोजेको तर आफ्नो क्षेत्रमा गरिने दुश्मनी कार्य रोक्ने अधिकार आफूसँग सुरक्षित रहेको बताएका छन्।
तर राष्ट्रपति ट्रम्पले चाहिँ उक्त ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहेको दोहोर्याएका छन्।”यो केवल शब्दमात्र होइन यसबारे पूरै वैज्ञानिक दस्तावेज हामीसँग छ,” ट्रम्पले भने।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र इरानबीच युद्ध भए त्यो विनाशकारी हुने र त्यसको असोचनीय परिणामहरू आउने चेतावनी दिएका छन्।
Iran's shootdown of a US drone over international airspace early Thursday morning drastically increased tensions between the two countries, but it wasn't the Islamic Republic's first attack on American drones in recent years. https://t.co/8tnGy01lqk
— Washington Examiner (@dcexaminer) June 21, 2019