इंग्ल्यान्डले कतार विश्वकपमा फराकिलो जित निकालेको छ ।
खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।
खेलको ३५औं मिनेटमा वेलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । इंग्ल्यान्डका लागि उनको यो पहिलो गोल हो ।
खेलको ४४औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डको अग्रता २-० को बनाए ।
पहिलो हाफको इन्जुरी समयमा स्ट्रर्लिङले गोल गरेपछि इंग्ल्यान्ड पहिलो हाफमा ३-० ले अघि रह्यो ।
खेलको ६२औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ४-० को अग्रता दिलाए ।
६५औं मिनेटमा तारेमीले गोल गर्दै इरानलाई ४-१ को स्थितिमा ल्याए ।
खेलको ७१औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका राषफोर्डले गोल गर्दै इंग्ल्यान्डलाई ५-१ को अग्रता दिलाए । मैदान प्रवेश गरेको एक मिनेट नबित्दै उनले गोल गरेका हुन् ।
खेलको ९०औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ६-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा तारेमीले पेनाल्टीबाट गोल गरेपनि इंग्ल्यान्ड ६-२ ले विजयी भयो ।
यस जितसँगै इंग्ल्यान्डले पहिलो खेलमै ३ अंक जोडेको छ ।