इभर्टनका रिचार्लिसन र मिनालाई प्रशिक्षकद्वारा अङ्ग्रेजी भाषा सुधार्न आग्रह

इङलिस क्लब इभर्टनका प्रशिक्षक मार्को सिल्भाले आफ्ना दुई खेलाडी यारी मिना र रिचार्लिसनलाइ अङ्ग्रेजी भाषा सुधार्न आग्रह गरेका छन ।

प्रशिक्षक सिल्भाले यी दुई खेलाडीहरुले चाहिने भन्दा धेरै समय लिएको र त्यस कारण केहि बाधा उत्पन्न भइरहेको बताएका छन ।

जब प्रशिक्षक सिल्भालाई रिचार्लिसनको अङ्ग्रेजीको बारे सोधे, “अह, मैले चाहे जस्तो राम्रो छैन, तर उसले धेरै मेहनत गरिरहेको छ र मिना ले पनि । अङ्ग्रेजी भाषा एउटा निकै महत्त्वपूर्ण कुरा हो जुन कुराले उनीहरुलाइ सबै बुझ्न र छिटो अनुकुल बनाउछ । इङलिस फूटबलमा अङ्ग्रेजी भाषा राम्रो नभई सेटल हुन निकै गाह्रो हुन्छ ।”