‘इब्राहिमोभिचको पनि रोनाल्डोको जस्तो शरीर छ’

ज्लाटान इब्राहिमोभिचको शारीरिक अवस्था हेर्दा उनले सिरि ‘ए’ मा अझै प्रभाव पार्न सक्ने युभेन्ट्सका पूर्व प्रशिक्षक लुसियानो मोग्गीलेब बताएका छन् । स्विडेन फुटबल टोलीका पूर्व कप्तान ३७ वर्षे इब्राहिमोभिच अहिले अमेरिकामा लस एन्जल्स ग्यालेक्सीबाट व्यवासहिक फुटबल खेल्दै आएका छन् ।

मेजर लिग सकरको यो सिजनमा उनले १९ खेलमा १६ गोल गरिसकेका छन् । इब्राहिमोभिच फेरि पनि युरो फर्कन सक्ने चर्चा समय समयमा चल्ने गरेको छ । मोग्गीले सिरि ए टोली फियोरेन्टिनाले उनी जस्ता स्ट्राइकरलाई ल्याउन सके त्यसले फाइनल पुग्ने बताएका छन् ।

‘ उनलाई ल्याउन सके पक्कै फाइदा पुग्नेछ,’ मोग्गीले भने, ‘यो उमेरमा पनि उनको शारीरिक बनाउट हेर्दा उनमा त्यो क्षमता छ । उनी क्रिस्टियानो रोनाल्डो जस्तै छन् । उनले अमेरिकामा अहिले पनि आफ्नो क्षमता देखाइरहेका छन् ।’

सिरिएमा खेल्न सहज नभएको स्वीकार गर्दै त्यसका बाबजुद पनि इब्राहिमोभिचले प्रभाव जमाउन सक्नेमा मोग्गी विश्वस्त छन् । फोयोरेन्टिनाले उनलाई भित्राउन सके उनीबाट युवा खेलाडीले पनि धेरै सिक्ने पाउने मोग्गीको विश्वास छ । एलए अहिले एमएलए वेस्र्टन कन्फ्रेन्सको पाँचौं स्थानमा छ ।