इब्राहिमोभिच, रूनी र अन्य स्टार सम्मिलित एमएलएस अल स्टार टिम एट्लेटिकोसंग पराजित

अमेरिकाको लिग मेजोर लिग सकरका अल स्टार टिम जसमा जाल्टान इब्राहिमोभिच, वेन रूनी, नानी जस्ता खेलाडीहरु थिए बिहीबार भएको खेलमा एट्लेटिको म्याड्रिडसंग पराजित भएको छ ।

खेलको ४२ औ मिनेटमा नयाँ खेलाडी लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाइ अग्रता दिलाए ।

त्यस्तै दोस्रो हाफको ८५ औ मिनेटमा अर्को नयाँ युवा स्टार फेलिक्सले गोल गर्दै एट्लेटिकोलाइ अग्रता दोब्बर बनायो ।

अन्तिम मिनेटमा डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोले ३-० को जित हासिल गर्यो ।