इब्राहिमोभिच चोटका कारण आठ महिना मैदान बाहिर रहने

एजेन्सी । एसि मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोभिच चोटका कारण आठ महिना मैदान बाहिर रहनु पर्ने भएको छ । उनको घुडाँमा चोट बोके पछि शल्यक्रिया गर्नु पर्ने भएको छ । भर्खरै सम्पन्न सेरि ए मा मिलानलाई लिग उपाधी दिलाउन इब्राहिमोभिच टिमको सदस्य थिए । मिलानको यो २०११ पछिको पहिलो लिग उपाधी हो ।

त्यस्तै, इब्राहिमोभिचको मिलानसंगको सम्झौता समय करिब एक महिना मात्र बाकी रहेको छ । उनले अर्को सिजन पनि मिलानमा रहने चाहेको प्रतिक्रिया दिदै आएका छन ।

तर, चोट बोके पछि उनको भविष्य अन्योलमा परेको छ ।

यस्तै, उनले जारी सिजनको लिगमा मात्र ११ खेलमा सुरुवाती ११ मा पर्न सफल भएका थिए । त्यस, क्रममा उनले ८ गोल गरेका थिए ।