इब्राहिमोभिक इटाली जान सक्ने

ज्लातान इब्राहिमोभिक आफ्नो अर्को गन्तव्य को रूप मा ठूलो संकेत दिएको छ। “म एस्तो क्लबमा जाने छु र त्यो क्लबले फेरी ईतिहास रच्ने छन। म तिमीलाई छिट्टै इटालीमा भेट्नेछु। ”

इब्राहिमोभिकले हाल एलए ग्यालेक्सीबाट आफ्नो व्यवसायिक फूटबल खेल्दै आएको थियो। उन्को नाम इटालियन क्लब नापोली, मिलान, रोमासँग जोडेर विभिन्न संचारहरुले समाचार सम्प्रेशन गरेको छ।

“म एस्तो क्लबमा सामेल हुनेछु त्यो क्लबले फेरी जितेर पुरानो लयमा फर्किनु पर्छ र सबै चिजको लागि खेल्नु पर्ने हुन्छ,” इब्राहले जीक्यू इटालियालाई भने।

“यो एक मात्र तरिका हो कि म तपाईंलाई फेरि आश्चर्यचकित गर्न आवश्यक प्रेरणा पाउन सक्दछु। यो टोली छनौट गर्ने बारेमा मात्र होईन, किनकि त्यहाँ अन्य कारणहरु पनि छन् जुन मेरो परिवारको हितमा समावेश हुन्छ।

“म तिमीलाई चाँडै इटालीमा भेट्नेछु।”