इपीएलमा हसिम अमला र क्रिस गेल ल्याउने

CARDIFF, WALES - JUNE 14: Hashim Amla of South Africa hits a shot which is caught by Chris Gayle of the West Indies during the ICC Champions Trophy group B match between West Indies and South Africa at the SWALEC Stadium on June 14, 2013 in Cardiff, Wales. (Photo by Harry Engels-ICC/ICC via Getty Images)

एभरेष्ट प्रिमियर लिगका नयाँ सिजनका लागि आयाेजकले बिदेशी खेलाडीका रूपमा नयाँ प्रावधान बनाएसँगै स्टार खेलाडी यसपटक नेपालमा खेल्न आउने प्रबल संभावना रहेकाे छ । यस्तैमा पहिलाे नाम दक्षिण अफ्रिकाका पुर्व कप्तान हसिम आमला नेपालमा खेल्न आउने भएका छन ।

अमला नेपालमा खेल्ने पक्का भइसकेकाे जाेरा स्पाेर्टस म्यानेजमेन्टका एमडी आमीर अख्तरले बताए । उनले साेझै याे टिमबाट खेल्ने भन्दापनि उनी नेपालमा खेल्ने पक्का भएकाे जानकारी दिए । तर उनी कुन टिमबाट खेल्ने भन्ने एकिन भएकाे छैन । यसका साथै वेष्ट इन्डिजका बिस्फाेटक ब्याट्सम्यान क्रिस गेललाइ पनि ल्याउने तयारी भइरहेकाे उनले बताए ।

दुबै खेलाडीका लागि २-३ टिमले अप्राेच गरिरहेकाे र कुन टिमबाट खेल्ने भन्ने एकिन प्रेस बिज्ञेप्तीबाट फ्रेन्चाइजी टिमले जानकारी दिने बताए ।

यसपटककाे इपीएलमा अन्तराष्ट्रिय स्तरमा चर्चा कमाएका खेलाडी ल्याउने तयारी भइरहेकाे छ । जसमा इंग्ल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्डबाट खेलाडी ल्याउने तयारी गरिएकाे छ । अघिल्लाे संस्करणमा पनि नाम चलेकाे खेलाडी इपीएल खेल्न नेपाल आएका थिए ।

आमलाले १८१ एकदिवसीय खेलमा ८ हजार १ सय १३ रन बनाएका छन जसमा २७ शतक र ३९ अर्धशतक प्रहार गरेका थिए । ४४ ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय खेलेका उनले १२ सय ७७ रन बनाएका छन ।

उनले किंग्स ११ पन्जाबबाट इन्डियन प्रिमियर लिग खेलेका थिए । याे सिजन उनी अक्सनमा अलसाेल्ड भएका थिए ।