इन्स्टग्राममा सबै भन्दा धेरै फलोवर भएको सेलिब्रेटी बनेका छन् रोनाल्डो

विगत लामो समय देखि सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक फ्यान अमेरिकी गायिका सेलिना गोमेजको थियो। तर उनलाई पछि पार्दै पोर्चुगेली फरवार्ड क्रिस्टियानो रोनाल्डो सर्वाधिक फलोवर भएका सेलिब्रेटी बनेका छन्।

यो समाचार तयार गर्दासम्म इन्स्टाग्राममा रोनाल्डोको १४४,३०९,२०४ फलोवेर थिए भने गोमेजको १४४,३०८,७६७ फलोवेर थिए। गोमेज पछि पर्नुको कारण हालु उनी निष्क्रिय रहनु हो।

उनले इन्स्टाग्राममा पछिल्लो पटक करिब १ महिना अघि(सेप्टेम्बर २३) पोस्ट गरेकी थिइन्, जसमा उनले इन्स्टाग्रामबाट केहि समय विश्राम लिएको बताएकी थिइन्। रोनाल्डोको अन्तिम पोस्ट भने ओक्टोबर ३० मा गरिएको थियो।