इन्डोनेसियालाई ओलम्पिकमा पहिलो स्वर्ण

एजेन्सी, टोक्योमा जारी ओलम्पिकमा ग्रेसिया पोल्ली र एप्रियानी राहायोले इन्डोनेसियालाई पहिलो पदक दिलाएको छ । वुमेन्स ब्याड्मिन्टन डबल तर्फ स्वर्ण पदक हात पारेको हो ।

चीनकि चेन किङ्चेन र जिया यिफानलाई हराउदै वुमेन्स डबलमा इन्डोनेसियाका लागि पहिलो पदक जिते ।

चीनकि जोडिलाई २१-१९, २१-१५ को सेटमा पराजित गरेको थियो ।

यो जितसंगै चीनको बर्चस्वलाई इन्डोनेसियन जोडिले तोडेकी हुन । सन १९९२ ब्याड्मिन्टनमा चीनले स्वर्ण जित्दै आएका छन ।

इन्डोनेसियाकि पोल्लीले रिओ ओलम्पिक २०१६ पछि सन्यास लिन चाहेकि थिइन् । तर, राहायोले उनलाइ खेलमा निरन्तरता गर्न आग्रह गरे पछि यी दुई जोडि बनेका थिए ।

त्येस्तै, दक्षिण कोरियाबाट किम सो यिओङ र कोङ ही योङले कास्य पदक जित्न आफ्नै राष्ट्रका ली सो हि र शिन सियोङ च्यानलाई २१-१०, २१-१७ को सेटमा हराउदै कास्य जितेका हुन ।