इन्डोनेसियन लिगामा नेपाली राष्ट्रिय खेलाडी रोहितको उत्कृष्ट गोल(भिडियो हेर्नुहोस्)

न्डोनेसियन लिगा १ अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ता पिएसएमएस विरुद्ध ३-१ ले पराजित भएको छ ।

 सो हारमा पर्सिजाका लागि रोहितले एक गोल गरेका थिए । खेलमा पर्सिजालाई २३ औं मिनेटमा रोहितले नै अग्रता दिलाएका थिए । तर मार्को सिमिचको आत्मघाती गोलमा घरेलु टोलीले खेल बराबरी पारेको थियो । पहिलो हाफको अन्त्यमा रेनाल्डो लोबोले पिएसएमएसलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा सुहान्डिले गोल गर्दै पिएसएमएसको जित तथा पुरा ३ अंक सुनिश्चित गरेका थिए । खेल सुरुवात गरेका रोहितलाई ७५ औं मिनेटमा परिवर्तन गरिएको थियो ।
नयाँ सिजनमा पर्सिजाको यो पहिलो हार हो । यस अघिका खेलमा पर्सिजाले १ मा जित तथा १ खेल बराबरी खेलेको थियो । यसअघि दुई खेल हारेको पिएसएमएसको यो जित सिजनको पहिलो हो । अहिले पर्सिजा तालिकाको आठौं स्थानमा रहेको छ ।