इन्डियन प्रिमियर लिग सेप्टेम्बरमा हुन सक्ने

कोरोनाभाइरसका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग सेप्टेम्बरबाट सुरु हुन सक्ने खबर रहेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सेप्टेम्बरबाट २५बाट इन्डियन प्रिमियर लिग सुरु गर्ने बीसीसीआई तयारी रहेको छ।

टी २० विश्वकप स्थगित भएपछि बीसीसीआईले आइपीएल गर्ने योजनामा रहेको छ । बीसीसीआईका एक पदाधिकारीले सेप्टेम्बर २५ देखि अक्टोबर ३० ताखिरसम्म आइपीएल गर्ने तयारी भएको बताएका छन । यदि यो तालिका हो भने आइपीएल ३६ दिनसम्म चल्नेछ ।

यो सिजनमा पहिलो पटक होम एण्ड अवे फरम्याटमा नहुने भएको छ । प्रतियोगिताका लागि पाँच वटा भेन्यु राखिनेछन भने प्रतियोगितामा खेलको संख्या पनि कम हुनेछ ।

यदि भारतमा यो प्रतियोगिता हुन सकने भनेपनि विदेशमा प्रतियोगिता गर्ने तयारीमा बीसीसीआई रहेको छ । यस्तैमा श्रीलंका र यूएईले आयोजनाका लागि प्रस्ताव गरेको छ भने न्यूजिल्याण्डपनि कोरोन फ्रि देश भएकाले त्यहाँ गर्नपनि सकिने बताइएको छ ।

अरु सिजनमा आइतबार र शनिबार दुई दुई खेल खेलाइने गरिन्थ्यो, तर यो पटक कम मैदानमा खेल हुने र समय कम भएकाले हरेक दिन दुई दुई खेल खेलाइने भएको छ । यो पटक प्लेअफको फरम्याट नहुने भएको छ । यसको सट्टा शिर्ष चार टिम विच सेमिफाइनल हुनेछ ।

तर यो सबै टी २० विश्वकपमा भर पर्नेछ । यदि टी २० विश्वकप तोकेको समयमा भयो भने आइपीएल यो बर्ष नहुने संभावना निकै ठूलो रहेको छ ।