इन्टर मिलान रियलको युवा स्टार साइन गर्न नजिक

इन्टर मिलान रियल म्याड्रिडका युवा स्टार अच्राफ हाकिमी साइन गर्न धेरै नजिक पुगेको खबर छ।

२१ बर्सका हाकिमी म्याड्रिडको युवा एकेडेमीका माध्यमबाट आएका थिए र लस ब्लान्कोसका उनले १७ खेल खेलेका छन्।

तर मोरक्कोका युवाले अन्तिम दुई सिजन बोरुसिया डर्टमन्डमा लोनमा बिताए र आफ्नो प्रदर्शनबाट उनले धेरै युरोपियन क्लबहरूको आँखा आकर्षित गरेका छन् ।

खबर अनुसार हाकिमी इन्टर मिलानमा जान धेरै नजिक छन् र इन्टरले उनको लागि €४० मिलियन तिर्ने छन्।

हाकिमीले यस सीजनमा डार्टमन्डका लागि सबै प्रतियोगिताहरूमा ४४ खेल खेलेका छन् र १० अस्सिस्त गरेका छन्।