“इन्टर मिलानसँगको सम्झौता हल्ला मात्रै”: – लुका मोड्रीक

क्रोएसियन स्टार लुका मोड्रीकले इन्टर मिलानसँगको सम्झौता भएको हल्ला नकारेका छन् । क्रोएसियाका इभान पेरिसिच, भर्साल्को र मर्सेलो ब्रोजोभिच पहिले नै मिलानमा भएको अवस्थामा मोड्रीचले समेत रियल छाड्न सक्ने खबर बाहिरिएको थियो ।

केहि संचार माध्यमले बताए अनुसार मोड्रीचले फिफासँग आफु क्लब छाड्ने मनसायमा नरहेको बताएका छन् । रियल म्याड्रिडले समेत इन्टर मिलानले नियम बिपरित मोड्रीचसंगको सम्झौता गर्न लागेको भन्दै फिफामा उजुरी गरेको थियो । तर मोड्रीचले इन्स्टाग्राममा रिप्लाई गर्दै आफु रियल नछाड्ने बताएका छन् । उनले कमेन्टमा लेखेका छन्, “यो इतिहासकै सबैभन्दा बकवास कुरा हो ।”

क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाडेपछि रियलका समर्थक मोड्रीचको पनि साथ गुम्ने भन्ने हल्लाले त्रसित रहेका थिए । मोड्रीच आफैंले सबै हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् । उनले आफ्नो भविष्य रियलमै रहेको पनि बताएका छन् ।