“इन्टर मिलानले मेस्सी साइन गर्नु पर्छ”

इन्टर मिलानका पावर ब्रोकर मार्को ट्रोन्चेट्टी प्रोवेरा स्वीकार्छन् कि आउँदो गर्मीमा बार्सिलोनाका स्टार लियोनेल मेस्सी साइन गर्नी इन्टरको लागि राम्रो समय हुन सक्छ।

मेस्सीको सम्झौता अनुसार यस सिजनको अन्त्यमा उनि क्लब छोड्न चाहेमा उनि फ्री एजेन्टको रूपमा बार्सा छोड्न स्वतन्त्र हुने छन्।

 

र क्लब अध्यक्ष जोसेप मारिया बार्टोमेउ र खेल निर्देशक एरिक अबिदालसँगको तनावको बीचमा, मेस्सीले क्लब छोड्न सक्ने चर्चा हुँदा धेरै क्लब उनलाई साइन गर्न इच्छुक छन्।

मार्को ट्रोन्चेट्टी प्रोवेरा, इन्टरका मुख्य कार्यकारी, पूर्व मालिक मासिमो मोरट्टीको दिनदेखि इन्टरसँग सम्बन्धित छन् र इन्टरमा अझै पनी उनको प्रभाव छ।

र उनले हिजो स्थानीय रेडियोमा स्वीकारे: “मेस्सी यस्तो सपना हो जुन हामीले दस बर्ष भन्दा धेरै समयसम्म सोचविचार गर्यौं, यो सही समय हुन सक्छ मेस्सीलाई इन्टर मिलानले साइन गर्न”…”