“इन्टर मिलानमा जानु को कारण – मलाई बार्सिलोनामाथि विश्वास थिएन” : रोनाल्डो

 

 बार्सिलोना तथा ब्राजीलका पूर्व स्टार फरवार्ड रोनाल्डोले बार्साको क्लब डाइरेक्टरहरुमाथि विश्वास नभएकै कारण आफूले सन् १९९७ मा बार्सिलोना छाड्दै इन्टर मिलानमा आवद्ध भएको खुलासा गरेका छन् । साथै उनले त्यतिबेला मिलानमा आवद्ध हुनुलाई राम्रो विकल्प समेत मानेका छन् ।

इटालीमा उनले पाँच सिजन खेल्दा ९९ म्याचमा ५९ गोल समेत गरेका थिए । त्यसपछि घुँडाको गम्भिर चोटका कारण उनी लगभग २ सिजन मैदान बाहिर बस्न बाध्य भएका थिए । रोनाल्डो भन्छन् “मैले त्यतिबेला बार्सिलोनासँग आफ्नो सम्झौता नवीकरण गर्नका लागि कुरा गरिरहेको थिएँ । तर मलाई डाईरेक्टरहरुमाथि विश्वास लागेन र मैले नोउ क्याम्प छोडें । त्यति बेलै मेरो करियरमा इन्टर मिलान र धेरै परिवर्तन पनि आयो ।”

रोनाल्डो अगाडी भन्छन्त्य “तिबेला इटालियन लिग सबैभन्दा उत्कृष्ट र बलियो लिग थियो । मलाई लाग्छ त्यो राम्रो निर्णय थियो । मेरो डेब्यु ? म निकै तनावमा थिए र उत्साहित पनि थिएँ । यो निकै राम्रो थियो । सान सिरो (मिलानको घरेलु मैदान) दर्शकले भरिएको थियो र यो मेरो लागि निकै भावुक क्षण थियो ।

त्यो मेरो लागि डेब्यु खेल मात्र थिएन, बरु मेरो र इन्टरबीचको एउटा माया पनि थियो । म इन्टरप्रति सधै कृतज्ञ छु । म इन्टरको समर्थकहरुप्रति पनि आभारी छु । म रुँदा उनीहरु रुन्थे र मैले जित्दा मेरो खुशीमा रमाउँथे ।”