इन्टर मिलानमाथि रियल म्याड्रिडको सहज जित

रियल म्याड्रिडले जारी च्याम्पियन्स लिग फुटबलमा समहु डि को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको छ।

१० खेलाडीमा सिमित इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गर्दै रियल १५ अंकका साथ समुह विजेताका रुपमा अघिल्लो चरणमा प्रवेश गर्यो । पराजयका बाबजुत इन्टरले यसअघिनै १० अंकका साथमा नकआउटमा स्थान बनाइसकेको छ। इन्टर उपविजेताका रुपमा नकआउटमा प्रवेश गर्योे।

रियलले टोनी क्रुसको गोलमार्फत १७ औ मिनेटमानै अग्रता लिएको थियो। त्यसपछि अधिकासं समय गोलरहित भएपनि इटालियन क्लब ६४ औ मिनेटमा १० खेलाडीमा सिमित भयो। बरेला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इन्टर थप दबाबमा परेको थियो।

रियलले अग्रता भने असेनसियो ७९ औ मिनेटमा दोस्रो गोल गर्दै टीमको जत निश्चित गरेका थिए। समुहचरणबाटै बाहिरिएका शख्तर डोनेस्क र सेररिफ टिरसपोलले भने १-१ गोलको बराबरी खेले।