इन्टर मिलानको शान्दार पुनरागमन जित

इटालियन सिरी ए मा इन्टर मिलानले टोरिनोमाथि उत्कृष्ट पुनरागमन जित हात पारेको छ ।

खेलमा २-० ले पछि परेको अवस्थालाई उल्टाउदै इन्टरले जित हात पारेको हो ।

टोरिनोले खेलको ४५ औं मिनेटमा जाजाको गोलबाट अग्रता लिएको हो ।

त्यसपछि दोस्रो हाफ सुरु भएपछि खेलको ६२ औं मिनेटमा अन्साल्डिले पेनाल्टीमा गोल गर्दै टोरिनोलाई २-० को अग्रता दिलायो ।

६४ औं मिनेटमा स्यान्चेजले गोल गर्दै इन्टरलाई गोल गरे ।

६७ औं मिनेटमा लुकाकुले गोल गर्दै खेल बराबरीमा ल्यायो ।

८४ औं मिनेटमा लुकाकुले पेनाल्टी मार्फत गोल गर्दै इन्टरलाई ३-२ को अग्रता दिलाए ।

खेलको अन्तिम मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई ४-२ को उत्कृष्ट पुनरागमन जित दिलाउन सफल भयो ।

जितसंगै इन्टर पाचौं स्थानमा रहेको छ भने टोरिनो १८ औ स्थानमा रहेको छ ।