इन्टर मिलानको पिएसजी माथी जित

मैत्रीपुर्ण खेलमा इन्टर मिलानले पिएसजी माथी जित निकालेको छ ।

खेल १-१ को बराबरी भए पछि इन्टरले पेनाल्टी सुटआउटमा जितेको हो ।

खेलमा पहिलो गोल पिएसजीका खेरेरले ४१ औं मिनेटमा गरेका थिए ।

त्यसपछि दोस्रो हाफको अन्तिम मिनेटमा इन्टरका लोङोले गोल गर्दै खेल बराबरीमा ल्याएको हो ।

त्यसपछि पेनाल्टी सुटआउटमा इन्टरका गोलरक्षक हान्डानोभिच नायक बन्दा इन्टर मिलानले खेल जित्न सफल भएको हो ।