इन्टर मिलानका स्टार स्ट्राइकर साइन गर्न म्यानचेस्टर सिटीले बार्सिलोना संग प्रतिस्पर्धा गर्ने

म्यानचेस्टर सिटीका कोच पेप गार्डियोला सर्जियो अगुएरोको विकल्पको लागि सिरी ए क्लबका स्ट्राइकर अवलोकन गर्दै छन्।

सिटीमा अगुएरोको सम्झौता अन्तिम वर्षमा पुग्दा सिटी उनको प्रतिस्थापनको लागी सक्रियतापूर्वक योजनाहरु गर्दै छन्।

स्पोर्टमेडियासेटको अनुसार गार्डियोला इन्टर मिलानका स्टार स्ट्राइकर लौटारो मार्टिनेजका प्रशंसक हुन् र उनी सिटीमा राम्रो खेल्न सक्षम रहेको महसुस गर्छन्।

अर्जेन्टिनाका अन्तर्राष्ट्रिय स्ट्राइकर यस सीजन इन्टरको लागि उत्कृष्ट खेल्दै छन् र उनको सम्झौतामा अनुसार उनको मूल्य €१११ मिलियन हुने छ।

लौटारो मार्टिनेजलाई साइन गर्न अरु क्लब पनि इच्छुक रहेका छन् विशेष गरी बार्सिलोना र उनलाई साइन गर्न सिटीले अरु क्लब संग प्रतिस्पर्धा गर्न पर्ने हुने छ।

अगुएरोको सिटीसंगको सम्झौताको अन्तिम १८ महिना बाकी रहेको छ र उनि क्लबसंग नयाँ सम्झौताको छलफल भएको छैन ।