इन्टर मिलानका स्टार स्ट्राइकर साइन गर्ने छलफल गर्दै रियल म्याड्रिड

रियाल म्याड्रिड इन्टर मिलानका स्टार स्ट्राइकर लौटारो मार्टिनेज़को खरीद खण्ड पूरा गर्न तयार रहेको खबर छ।

टिवाईसी स्पोर्ट्सको अनुसार रियलले अर्को सिजन मार्टिनेज़को रिलीज क्लज भुक्तान गर्ने विचार गरिरहेका छन्। मार्टिनेज़ आउँदो गर्मीमा साइन गर्न उपलब्ध हुने छन्, उनको मूल्य €१११ मिलियन हुने छ।२२ वर्षका स्टारको लागि त्यो मूल्य सस्तो रहेको रियलको विचार रहेको छ ।

२२ वर्षका स्टारले यस सीजन युरोपियन फुटबल मा एक उत्कृष्ट प्रदर्शनकर्ता बनेका छन्, इन्टरको लागि उनले २८ खेलमा १६ गोल गरेका छन्।

क्लबका अध्यक्ष फ्लोरन्टिनो पेरेज उनको हस्ताक्षर सुरक्षित गर्न उत्साहित रहेका छन् र क्लब उनलाई €१४ मिलियनको वार्षिक तलब दिन तयार छन्।

बार्साले पनि उनि माथि चासो देखाएको छ।