इन्टर मिलानका स्टार साइन गर्न बार्साले आफ्नो चार खेलाडी प्रस्ताव गर्ने

बार्सिलोनाले इन्टर मिलानका स्टार लौटारो मार्टिनेज साइन गर्न आफ्नो खेलाडी दिनको लागि नयाँ खेलाडीको चयन गरेको छ।

बार्सा र इन्टर अर्जेन्टिनाका स्ट्राइकरका लागि सम्झौताको बारेमा कुराकानी गरिरहेका छन् उनको मूल्य €१११ मिलियन रहेको छ।

एएसका अनुसार नेल्सन सेमेडो, आर्थर मेलो, कार्लस एलेना र मार्क कुकुरेला सबैलाई बार्साले इन्टरलाई प्रस्ताव गर्ने छ। कुकुरेला हालै गेटाफ मा छन्, तर बार्साले ‘बाई ब्याक’ खण्डको प्रयोग गरि उनलाई फिर्ता लेउन सक्ने छ।

यद्यपि, इन्टरले भने कि बार्साको प्रस्तावहरु अहिले सम्म स्वीकार गरेको छैन, उनीहरूले आग्रह गर्दै आएका छन् कि लौटारो मार्टिनेजलाई क्लब छोडेर जान दिन €१११ मिलियन मूल्य बराबरको खेलाडीहरुको प्रस्तावको आवश्यकता हुने छ।

खबर छ कि बार्साको लागि समस्या क्लब संग नगद भुक्तानी गर्न खर्च गर्ने शक्ति नरहेको हो ।