इन्टर मिलानका प्रशिक्षक कोन्टे क्लब छाड्दै

एजेन्सी, इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाड्ने संभावना प्रबल देखिएको छ। रिपोर्टका अनुसार उनी क्लबको आर्थिक व्यवहारका कारण क्लब छाड्न लागेका हुन्।

रिपोर्टका अनुसार क्लबका अध्यक्ष तथा मालिकहरुले क्लबलाई कुल पारिश्रमिक २० प्रतिशतले घटाउन र यो ट्रान्सर सिजन खेलाडीहरुको बिक्रीबाट करिब १०० मिलियन युरो उठाउन आदेश दिए पछी कोन्टेले क्लबको प्रशिक्षकको भुमिकाबाट हट्ने निर्णय लिएका हुन्। इन्टरका मुख्य शेयर होल्डर ६८.५५ % शेयर सहित चीनिया कम्पनी सुनिङ होल्डिङस ग्रुप हो।
५१ वर्षका कोन्टेले ९ वर्ष सम्मको सिरि ए उपाधी माथी युभेन्टसको प्रभुत्व तोडि इन्टर मिलानलाई सिरि ए को उपाधी जिताउन सफल भएका थिए। उन्ले क्लब छाडेको खण्डमा अर्का इटालियन प्रशिक्षक मौरिजियो सारी उन्को ठाँउमा आउन सक्ने आंकलन गरिएको छ।