इन्टर मिलानका खेलाडीमा बार्साको नजर

इन्टर मिलान मिडफील्डर मार्सेलो ब्रोजोभिक माथि ला लिगा क्लब बार्सिलोनाको नजर रहेको खबर छ। अर्को गर्मीको ट्रान्सफर विन्डोमा क्रोएशियाली मिडफील्डर फ्री एजेन्ट हुने छन् र उनलाई इन्टरले नि: शुल्क गुमाउन सक्ने खतरा हुँदा इन्टरले यो ट्रान्सफर विन्डोमा उनलाई बेच्ने राम्रो निर्णय हुने छ।

ब्रोजोभिक र इन्टर बिचको सम्झौता विस्तार वार्ता सफल हुन नसक्दा उनको अवस्थामा बार्साको नजर रहेको जानकारी छ।

इटालियन मिडियाका अनुसार, बार्साले उक्त मिडफील्डरमा आफ्नो नजर राखेको छ र यस गर्मीको ट्रान्सफर विन्डोमा उनलाई भित्राउने बार्साको योजना हुन सक्ने छ। जर्जिनियो विज्नाल्डमले बार्साको प्रस्ताव अस्वीकार गर्दै पिएसजी गए पछि रोनाल्ड कोम्यान नयाँ मिडफील्डर साइन गर्न इच्छुक छन्।

ब्रोजोभिक इन्टरको नयाँ प्रस्तावहरू अस्वीकार गर्दै छन् र उनको योजना क्लब छोड्ने रहेको देखिए पछि बार्साले उनी माथि आफ्नो नजर राख्न थालेको जानकारी छ। गत सिजन एन्टोनियो कोन्टेले इन्टर सँग सिरी जित्ने क्रममा उनी क्लबको प्रमुख खेलाडीहरू मध्ये एक थिए।