इन्टर मिलानका आर्टुरो भिदालले आफ्नो पुर्व क्लब युभन्टसको ब्याजलाई चुमे पछि

इन्टर र युभेन्टस बीचको खेल अगाडी आर्टुरो भिदालले आफ्नो पुर्व क्लब युभन्टसको ब्याजलाई चुमेको देखा परेको छ।

आइतबार डर्बी डि इटालियाको खेल सुरु हुने अगाडी जर्जियो चिलीनी संग अंगालो लगाएका थिए र सो समय उनले आफ्नो पुर्व टिम युभेन्टसको ब्याजलाई चुमे।

स्वाभाविक रूपमा, भिदालको सो निर्णयले सोशल मीडियामा सबैलाई चकित गरे। हाल उनि इन्टर मिलानमा छन् र युभे र इन्टर एक प्रतिद्वन्द्वी हुन् र उनको कार्यले इन्टर फ्यानहरु खुसी नहुन सक्छन।

उक्त खेल भने इन्टरले २-०ले जितेको थियो र भिदालले सो खेलमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ५२ औं मिनेटमा निकोलोले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए । बल पोजिसनमा पकड जमाएपनि युभेन्ट्सले भने गोल गर्न सकेन । जसको कारण युभेन्ट्सले सिजनको दोस्रो हार व्यहोर्यो ।

युभेन्ट्सलाई हराएसंगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ । दोस्रो स्थानमा रहेको इन्टरको ४० अंक रहेको छ । मिलानको पनि ४० अंक रहेको छ ।

युभेन्ट्स ३३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । यस हारले युभेन्ट्सको उपाधि यात्रामा समेत धक्का लागेको छ ।