इन्टरका मिडफिल्डर साइन गर्न म्यान्चेस्टर युनाइटेड र लिभरपूल प्रतिस्पर्धामा

म्यानचेस्टर युनाइटेड इन्टर मिलानका मिडफिल्डर निकोलो बरेला साइन गर्न इच्छुक रहेका छन्।

रेड डेभिलस गर्मीमा आफ्नो मिडफिल्डमा थप गुणस्तर थप्न आशा गर्दै छन् र मुख्य लक्ष्य युनाइटेडले इन्टर मिलानका मिडफिल्डर निकोलो बरेलालाई बनाएका छन्।

निकोलो बरेला हाल २३ बर्सका हुन् र उनको राम्रो प्रदर्शन जारी रहेको कारण उनि इन्टरको पहिलो टिममा पर्न सफल भएका छन्।

तर, म्यान्चेस्टर युनाइटेडले उनलाई साइन गर्न प्रिमियर लिग प्रतिद्वन्द्वी लिभरपूल संग प्रतिस्पर्धा गर्न पर्ने खबर छ। खबर अनुसार लिभरपूल पनि २३ बर्सका मिडफिल्डरलाई साइन गर्न इच्छुक रहेका छन्।

खबर अनुसार अर्सेनल, बार्सिलोना र एटलेटिको म्याड्रिडले पनि उनि माथि चासो देखाएको छ तर म्यान्चेस्टर युनाइटेड र लिभरपूल उनलाई साइन गर्न मुख्य दाबेदार रहेका छन्। हाल इन्टरको बरेला बेच्ने उद्देश्य छ कि छैन भन्ने कुरा स्पष्ट छैन।