इन्टरका प्रशिक्षकले युभेन्ट्सका अध्यक्षलाई माझी औंला देखाए पछि

मङ्गलवार राती कोपा इटालियामा युभेन्टस र इन्टर मिलान बिचको खेल ०-०मा अन्त्य भएको थियो तर सो खेलको पहिलो लेगको २-१को नतिजाको कारण युभे फाइनलमा पुगेको थियो।

हाल उक्त खेलको भन्दा इन्टरका प्रशिक्षकको कार्यको चर्चा हुँदै छ खेल पछि उनले युभेन्ट्सका अध्यक्षलाई माझी औँला देखाएको देखिन्छ।

खेलको क्रममा दुई बिच केही विवाद पनि भएको देखिन्छ भने क्यामेराहरूले इन्टरका कोन्टे प्रशिक्षकले युभेन्ट्सका अध्यक्षलाई माझी औँला देखाए रेकर्ड गरेको छ।

खेलको हाफ टाइमको समय टनेल भित्र जाने क्रममा इन्टरका प्रशिक्षकले युभेन्ट्सका अध्यक्षलाई माझी औँला देखाएका थिए। हाल सो भिडियो भाइरल हुँदै छ।