इनिएस्टा द्वारा मौरिन्हो माथि येस्तो आरोप

आन्द्रेस इनिएस्टाले जोसे मोरिन्होलाई आफ्नो स्पेन बसाईका क्रममा रियल मेड्रिड र बार्सिलोनाका खेलाडीबीच द्वन्द्वता उत्पन्न गराउने काम गरेको आरोप लगाएका छन् ।

स्मरणीय छ कि सन् २०१० मा इन्टर मिलान छाडेपछि मौरिन्होले ३ बर्ष रियल मेड्रिडको कमान सम्हालेका थिए । त्यसक्रममा रियल र बार्साबीचको क्लासिको भिडन्त निकै चर्काचर्कीमा पुगेको थियो ।

सन् २०११ को अगस्तमा सुपरकोपा डी एस्पाना खेलका क्रममा एउटा उल्लेखनीय घट्ना घटेको थियो । त्यसबेला टचलाईनमा भएको विवादका क्रममा मौरिन्होले बार्सिलोनाका सहायक प्रशिक्षक भिलानोभाको आँखामा हमला गरेका थिए ।

 

खेलपश्चात मौरिन्होले भिलानोभा माथि अपाच्य शब्द समेत प्रयोग गरेका थिए भने उनले बार्सिलोनाको सहायक प्रशिक्षक को हो ? आफूलाई कुनै मतलब नभएको कुरा बताएका थिए । उता बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले मौरिन्होमाथि स्पेनीस फुटबललाई बर्बाद गरेको आरोप लगाएका थिए ।

फोर फोर टुका अनुसार त्यतिबेला स्पेनको राष्ट्रिय टोलीका अधिकांश खेलाडी बार्सिलोना र रियल मेड्रिड कै हुने गर्दथे । यद्यपि रियलमा मोरिन्होको कार्यकाल मै स्पेनले सन् २०१२ को युरोप कप जितेको थियो । इनिस्टाले खुलासा गरे अनुसार त्यतिबेला स्पेनीस टोलीको महोल निकै तनावपूर्ण थियो ।

एक सञ्चारमाध्यमसँग कुरा गर्दै इनिस्टाले भने, “यो कुराको स्थिति सही छैन भनेर थाहा पाउन तपाईंलाई बार्सिलोना वा रियल मेड्रिड मै हुनुपर्छ भन्ने छैन । यो कुराको मुख्य मात्र थिए मौरिन्हो । तपाईं यसलाई एउटा सामान्य प्रतिद्वन्द्वीताका रुपमा हेर्न सक्नुहुन्न । किनकी यो सबै त्यो कुराभन्दा निकै पर थियो ।

तपाईंले घृणा देख्नुभयो । जसले यो माहोलको जन्म भएको थियो र यो निकै असहनीय थियो । मौरिन्होद्वारा उक्साईएपछि बार्सा–रियलको तनावले स्पेनको राष्ट्रिय टिम र खेलाडीहरुमा निकै नराम्रो असर पुगेको थियो ।”