इनिएस्टाको क्लब बिरुद्ध बार्सिलोनाको सहज जित

जापानीज क्लब भिसेल कोबेबिरुद्द बार्सिलोनाले जित निकालेको छ ।

जापानमा नोइभिर स्टेडियम कोबेमा भएको खेलमा पुर्व बार्सिलोनाको खेलाडी इनिएस्टाको क्लब बिरुद्ध बार्सिलोनाले २-० को जित निकालेको हो ।

पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेन । त्यसपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका बार्सिलोनाका कार्लेस पेरेजले ४६ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाइ अग्रता दिलाएको हो ।

खेलको ८६ औं मिनेटमा पेरेजले फेरि गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनायो र बार्सिलोनाले खेल सहजै २-० को जित हात पार्यो ।