इतिहास रच्दै युक्रेनले जित्यो यु–२० विश्वकपको उपाधि

युक्रेनले फिफा यु–२० विश्वकप फुटबलको उपाधि जितेर इतिहास रचेको छ । शनिवार राति सम्पन्न फाइनलमा युक्रेनले साउथ कोरियालाई ३–१ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो।

खेलको अग्रता भने साउथ कोरियाले लिएको थियो । खेलको पाचौँ मिनेटमा कोरियाले पेनाल्टीमा पाएको थिए। पेनाल्टीमा
ली काङ इनले गोल गर्दै साउथ कोरियालाई १–० गोलको अग्रता दिलाएका थिए।

त्यसपछि युक्रेन खेलमा फकिऐ र बराबरी गर्न सफल भए। खेलको ३४ मिनेटमा सुप्रिहाले बराबरी गोल गरे । खेलको पहिलो हाफ १/१ गोलमा टुंगियो । दोस्रो हाफमा पनि युक्रेनले राम्रो खेल देखाउँन सफल भयो र थप २ गोल थपे। उसका लागि ५२ मिनेटमा सुप्रिहाले नै व्यक्तिगत दोस्रो गोल गरेर खेल २–१ को अग्रता लिए।

८९औं मिनेटमा युक्रेनले तेस्रो गोल गरे । हेओरीले गरेको खेलको अन्तिम गोलसँगै युक्रेनले ३–१ को सहज जित निकाल्दै फिफा यु–२० विश्वकप जित्यो ।