रियाल म्याड्रिडका स्टार आक्रमणकर्ता इडेन ह्याजार्ड फेरी नयाँ चोटले ग्रसित भएका छन्।
खबर अनुसार ह्याजार्डलाई आरसीडी एस्पेनयल बिरूद्धको जीतको समय चोट लग्न पुगेको थियो र गेटाफे र एथलेटिक बिलबाओको बिरूद्ध उनले खेलेका थिएनन् ।
ह्याजार्डले प्रशिक्षणमा भाग लिएनन। उनले पछिल्लो २४ घण्टामा खुट्टाको दुखाईको गुनासो गरेका थिए ।
रियलले आउँदो खेलमा डेपोर्टिवो अलावेस बिरुद्ध खेल्ने छ , तर ह्याजार्डले उक्त खेल गुमाउन सक्ने खबर छ।
यो सिजन – रियलको साथ उनको पहिलो सिजन हो – जुन खेलहरु गुमाउने मामलामा ह्याजार्डका लागि क्यारियर सबैभन्दा खराब बनेको छ ।
उनको चोट खुट्टाको जोर्नी रहेको कुरा छ।