इडिन हाजाडले रियल म्याड्रिडमा जर्सी नम्बर ७ लगाउने

रियल म्याड्रिडले आफ्ना नयाँ खेलाडी इडिन हाजाडलाई जर्सी नम्बर ७ दिएको छ ।

चेल्सीका पुर्व खेलाडी हाजाडले प्री सिजनका खेलहरुमा जर्सी नम्बर ५० लगाएर खेल्दै आएका थिए ।

रियल म्याड्रिडमा रोनाल्डोले छोडे पछि युवा खेलाडी मारियानोलाई जर्सी नम्बर ७ दिएको थियो ।

अब मारियानोले २४ नम्बरको जर्सी लगाउने छ भने जेम्स रोड्रीगुएजले १६ नम्बरको जर्सी लगाउने छ ।