इटालीमा रोनाल्डोको फेरी पनि नयाँ कीर्तिमान

क्रिस्टियानो रोनाल्डोले शनिबार भएको सिरी ए खेलमा फेरी नयाँ कीर्तिमान बनाएका छन्।

शनिबार भएको भेरोनाको बिरुद्धको खेलमा ६५औं मिनेटमा रोनाल्डोले गोल गर्दै लगातार १० खेलमा गोल गर्ने पहिलो युभेन्ट्सका खेलाडी बनेका छन् । तर युभेन्टस उक्त खेल भने जित्न असफल भयो, भेरोनाकोले उक्त खेल २–१ जितेको थियो।

यो नतिजाले उपाधिको होडमा रहेका युभेन्ट्सका प्रतिद्वन्द्वीलाई मौका दिनेछ । यसै साता ३५ वर्षका हुने रोनाल्डोले ६५ औं मिनेटमा गोल गरे । यो पछिल्लो १० खेलमा उनको १५ औं गोल हो ।

समग्रमा उनले लिगमा आफ्नो गोल संख्यालाई २० पुर्‍याइसकेका छन् । अब पाँच पल्टका बेलन डे अर विजेता खेलाडी इटालीको लिगमा सर्वकालिन लगातार ११ खेलमा गोल गरेको कीर्तिमान नजिक पुगेका छन् ।

यो कीर्तिमान ग्याब्रिएल बाटिस्टुटा र फाबिओ क्वागिरेलाको नाममा छ । भेरोनाको तर्फबाट त्यस खेलमा फाबिनो बोरोनीले बराबरी गोल फर्काए ।

जियामपाओलो पाजिनलीले खेल सकिन चार मिनेट अगाडि निर्णायक गोल गरे । युभेन्ट्सको ५४ अंक छ र दोस्रो स्थानमा रहेको इन्टर मिलान भन्दा तीन अंकले अगाडि छ । लाजियो चार अंकको दूरीमा तेस्रो स्थानमा छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ