इटालीको फराकिलो जित

इटालीले इस्टोनियामाथि सानदार जित हात पारेको छ । इटालीले घरेलु मैदानमा इस्टोनियामाथि ४–० को सानदार जित हात पारेको हो ।

इटालीको सानदार जितमा भिनसेन्जो ग्रिफोले दुई तथा फेडरिको बर्नार्डेस्की र रिकार्डाे ओर्साेलिनीले समान एक-एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल भएको थियो । आर्टेमियो फ्रान्ची फिरेन्जीमा बुधबार राति भएको खेलको १४औं मिनेटमा केभिन लासाग्नाको पासमा भिनसेन्जो ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

२७औं मिनेटमा फेडरिकोले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । ७५औं मिनेटमा ग्रिफोले पेनाल्टीमार्फत गोल गर्दै इटालीलाई सहज जिततर्फ अघि बढाए । ८६औं मिनेटमा रिकार्डाेले पेनाल्टीमार्फत गोल गर्दै इटालीलाई ४–० को सानदार जित दिलाए । इस्टोनियाले कुनै पनि समय इटालीको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।

अब इटालीले नेसन्स लिग ‘ए’ १ मा पोल्यान्ड र बोस्निया एन्ड हर्जगोभिनासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै लिग ‘सी’ २ मा इस्टोनियाले नर्थ म्यासेडोनिया र जर्जियासँग प्रतिस्पर्धा गर्दैछ ।