इटालीको जितसंगै नया किर्तिमान

एजेन्सी, युरोपियन च्याम्पियनसिप अन्तर्गत क्वाटरफाइनलको दोश्रो खेलमा इटालीले बेल्जियमलाई २-१ गोल अन्तरले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

बेल्जियमविरुद्धको जितमा इटालीको यो लगातार १५ औं युरोपियन च्याम्पियनसिप विजय हो। यो युरोपियन प्रतियोगिताको नया किर्तिमान समेत हो।

दुबै टोलि क्वार्टरफाइनल खेलमा उत्रिदा जर्मन टिमको रेकर्डको बराबरीमा थिए। यी दुबै टोलिले पछिल्लो १४ युरोर्पियन च्याम्पियन्सिप खेल जितेका थिए जुन जर्मनले युरो कप २०१२ मा बनाएका थिए।

बेल्जियम र इटाली दुबैले युरो कप २०२० छनोटमा उत्कृष्ट प्रदशन गर्दै शतप्रतिशत नतिजा निकाल्दै युरो कपको यात्रा तय गरेको थियो। त्येस्तै समुह चरणमा पनि यि दुबै टोलिले शतप्रतिशत नतिजा निकालेका थिए।

इटालीले बेल्जियमलाई पराजित गर्दै युरोपेली च्याम्पियनसिपमा लगातार १५ औं खेल जित्ने पहिलो टोलि बनेको छ।