इटालीको अपराजित यात्रा कायमै

एजेन्सी, युरोपियन च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा इटालीले इंग्ल्यान्डलाई ट्राइब्रेकरमा हराउदै युरो कप २०२० को उपाधी जित्न सफल रह्यो।

खेलको एक मिनेटमै पछि परेको इटाली खेलमा बोनुचीको गोलमा खेलमा फर्किएको थियो। उनले ६६ औं मिनेटमा गोल गरेका थिए।

त्येस्तै दुबै टिममा गोल नहुदा खेल अतिरिक्त समय हुँदै ट्राइब्रेकर तर्फ धकेलिएको थियो। जस्मा इटालीले जित्न सफल भयो।

यो जितसंगै इटालीको अपराजित यात्रा ३४ पुगेको छ।

इटाली (३४) अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक अपराजित रहेको स्पेन र ब्राजिल (३५) को रेकर्ड बराबरी गर्न एक खेल बाकी रहेको छ।