इटालियन स्टार खेलाडी भित्र्याउने दौडमा सिटि र चेल्सी

एजेन्सी, इटालियन क्लब युभेन्टसका स्टार खेलाडी भित्र्याउने दौडमा इङलिस क्लब चेल्सी र म्यान्चेस्टर सिटि रहेका छन्। रिपोर्टका अनुसार युभेन्टसका २३ वर्षका स्टार खेलाडी फेडेरिको किएसा भित्र्याउने दौडमा यी दुई क्लब लागेका हुन्।

किएसा थप एक वर्षका लागि मात्र युभेन्टसमा अनुबन्ध रहेकाले युभेन्टसले उनलाई यो ट्रान्सफर सिजन बेच्न सक्ने भनिएता पनि रिपोर्टका अनुसार युभेन्टस उनलाई बेच्न इच्छुक छैनन्। युरो २०२० अन्तर्गत आफ्नो राष्ट्रिय टोलिका लागि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
२३ वर्षका इटालियन विङ्गर किएसा गत वर्ष लोनमा युभेन्टसमा अनुबन्ध भएका थिए। उनले युभेन्टसका लागि ४३ खेलमा १४ गोल गरेका छन् भने आफ्नो राष्ट्रिय टोलिका लागि पनि ३२ खेलमा ३ गोल गरेका छन्।