इटालियन सिरिआ मा आज रोनाल्डोलले युभेन्टसबाट पहिलो खेल खेल्ने

सबै भन्दा उत्कृष्ट खेलाडी रोनाल्डो आज आफ्नो पहिलो खेल युभेन्टसबाट खेल्ने छ ।

इटालीको शीर्ष डिभिजनको लिग सिरिआ आजबाट सुरु हुँदैछ । आज पोर्चुगिज स्टा क्रिष्टियानो रोनाल्डोले सिरिआ डेब्यु गर्दैछन् ।

स्पेनिस क्लब रियल मड्रिडबाट समर ट्रान्सफर विन्डोमा युभेन्टसमा आबद्ध भएका रोनाल्डोले युभेन्टसका लागि पहिलो खेल खेल्न लागेका हुन् ।

उनले रियल र म्यान्चेस्टर युनाइटेड बाट थुप्रै ट्रफि जित्न सफल भएका थिए र युभेन्टसबाट पनि उतिकै सफलता प्राप्त गर्ने उनको चाहना छ ।

गत सिजनको विजेता युभेन्टस सिएभोविरुद्धको खेलबाट उपाधि रक्षाको अभियान सुरु गर्नेछ ।